LOGIN
Student
 · NepalgunjNepal
Share
Report
Get Link
STATUS

अद्भुद अलौकिक रहस्यमय नेपाल

जैविक र प्राकृतिक विविधताको धनी मुलुक नेपालमा थुप्रै रहस्यहरु पनि छन् भन्ने कुरा नेपालमै जन्मेर हुर्केकालाई समेत थाहा नभैरहेका बेला रुस र फ्रान्सबाट नेपालमा आएका अन्वेषकहरुले बुधबार काठमाडौँमा कार्यपत्रमार्फत नेपालमा रहेका अनेक आश्चर्यजनक रहस्यहरु सार्वजनिक गरे ।

फ्रान्सेली नागरिक मोरिस डुसेन र रुसी नागरिक युरिए राडिचेभले नेपालको थुप्रै महत्वपूर्ण स्थलको भ्रमण गरी आश्चर्यजनक तस्विरहरु खिच्नु भएको छ ।

नेपालको झन्डै सबैजसो क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सेली नागरिक डुसेनले नेपालका महत्वपूर्ण गुफाको अनुसन्धानसमेत गर्नु भएको छ । उहाँले हालसम्म आफूले ३० वटा गुफा पत्ता लगाएको दाबी गर्दै ती गुफामध्ये सबैभन्दा गहिरो गुफा बैतडीमा रहेको र सो गुफा १९६ मिटर गहिरो रहेको जानकारी दिनुभयो ।

उहाँले कुश्माबजारमा रहेको कर्कट गुफा, गुप्तेश्वर गुफा, अन्नपूर्ण १ मा रहेको बराह गुफा, जहाँ ९५ मिटर तल हिउँ पग्लेको भेटिएको बताउनुभयो ।

उहाँले लम्जुङ, कञ्चनजङ्घा र मनास्लुमा हिम गुफा भेटिएको पनि जानकारी दिनुभयो । त्यस्तै मुस्ताङमा दुई हजार वर्षअघि मानिसले बनाएको गुफा भेटिएको र त्यस गुफामा थुप्रै बौद्धधर्मका आश्चर्यजनक चित्र तथा पौभाहरु पाइएको छ ।
इतिहासदेखि रहस्यमय रहेको नेपालका हिमालहरु हाल पनि रहस्यमय नै रहेको डुसेनले बताउनुभयो । उहाँ नेपाल क्यानयोयिङ एसोसिएसनको प्राविधिक सल्लाहकार एवम् मानार्थ सदस्य हुनुहुन्छ । उहाँले गुफाभित्रको पानी तैरिरहेछ कि छैन भनी पत्ता लगाउन एउटा क्यामेरासहितको यन्त्र जडान गरेर दुई वर्षका लागि छाड्ने जानकारी दिनुभयो । सो यन्त्रले पानीभित्रको २०० मिटर क्षेत्र वरिपरिको पानीको सतहको घट बढ र तापक्रम मापन गर्ने बताइएको छ ।
त्यस्तै अर्का अन्वेषक राडिचेभले हिमाली क्षेत्रका झन्डै २८० वटा फोटो खिच्नुभएको छ भने ती फोटो ३ देखि ६ मिटर साइजको रहेको छ । उहाँले यसअघि विभिन्न २२ वटा फोटो प्रदर्शन गरिसक्नुभएको छ ।

सगरमाथामा १६ पर्वतारोही विलिन भएको सम्झनामा उहाँहरुले नेपाल पर्यटन बोर्डमा बुधबारदेखि फोटो प्रदर्शनी गर्नुभएको हो ।

कार्यक्रममा रुसी राजदूत सर्गेई भेलिच्किनले यस्ता फोटोहरु आफूले कहिल्यै नदेखेको बताउँदै हिमालको आश्चर्य तथा रहस्यले नेपालको विश्वसम्बन्ध निकट बनाउने भएकाले यस्ता महत्वपूर्ण क्षेत्रको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

0 like 
Like
Award Contribution
Leave a reply...
DISCOVER
CHAT
HIRE
ACTIVITY
FEED
New Post
Help
Start Project
Online Users
Share Link
Write something before you submit it!
Photo updated
Request Sent!
Updated
Copied to Clipboard